काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियासँगै क्यानाडाले पनि चीनमा हुने विन्टर ओलम्पिकको कुटनीतिक बहिष्कार गर्ने भएको छ ।
विन्टर ओलम्पिक आगामी फेब्रअरी ४ देखि २० सम्म बेइजिङमा हुँदैछ ।
तर क्यानाडाले ओलम्पिकको कुटनीटिक बहिष्कार गरेको जनाएको छ । यसको अर्थ क्यानाडाले सरकारी पदाधिकारीहरुको टोली बेइजिङ पठाउने छैन ।
यस अघि अमेरिका, बेलायत र अष्ट्रेलियाले पनि ओलम्पिकको कुटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।
चीनको मानवअधिकारको तथ्यांकलाई लिएर आफूहरुले कुटनीतिक बहिष्कार गरेको क्यानाडाका प्रधानमन्त्री जस्टीन ट्रडियाले बताए ।
उनका अनुसार चीनका लागि यो निर्णय कुनै आश्चर्यचकित पार्ने समाचार हुनेछैन ।
जस्टीनले आफूहरुले वर्षौदेखि चीनको मानवअधिकार उल्लंघटनका घटनालाई लिएर गम्भिर ध्यानाकर्षण गराउदै आएको दावी गरे ।
तर जस्टीनले क्यानाडाका खेलाडीहरुले सहभागिता जनाउने सुनिश्चित गरे ।
अष्ट्रेलिया र अमेरिकाका अधिकारीहरुले पनि चीनले उघर्स मुस्लिमहरुमाथि गरेको मानवअधिकार उल्लंघनका कारण आफूहरुले कुटनीतिक बहिष्कार गरेको जनाएका थिए ।
यता बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कुटनीतिक बहिष्कार गरेको बताउदै खेलको बहिष्कार भने नगर्ने बताए ।