काठमाडौं । अमेरिकाले बेईजिङ ओलम्पिकको कूटनीतिक वहिष्कारको घोषणा गर्ने अपेक्षा गरिएको छ ।
अमेरिकाले आगामी वर्ष चीनमा हुने विन्टर ओलम्पिकको कूटनीतिक बहिष्कारको घोषणा गर्ने अपेक्षा गरिएको एक अमेरिकी अधिकारीले जनाएका छन् ।
कूटनीतिक बहिष्कारको अर्थ अमेरिकी सरकारी अधिकारीहरुले ओलम्पिकमा सहभागी हुने छैनन् ।
तर खेलाडीहरुले भने प्रतिस्पर्धा भने गर्नेछन् ।
पूर्णरुपमा बहिष्कार गर्ने अपेक्षा भने गरिएको छैन ।
यता चीनको परराष्ट्र मन्त्रालयले भने ओलम्पिक राजनीतिक प्रदर्शन गर्ने स्थन नभएको प्रतिक्रिया दिएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले ओलम्पिक राजनीतिक प्रदर्शन र राजनीतिक हेरफेर गर्ने मञ्च नभएको बताए ।
उनले अमेरिकाको यो कदम एक नग्न राजनीतिक उत्तेजना तथा अरबौ चिनिया जनताको लागि एक गम्भिर अपराध रहेको प्रतिक्रिया दिए ।
सांसदहरुले कुटनीतिक बहिष्कार गर्नुपर्ने भन्दै अमेरिकी राष्ट्रपति जो विडेनको प्रशासनमाथि दवाव दिदै आएका छन् ।
उनीहरुले चीनको मानवअधिकार उल्लंघनका घटनाविरुद्ध उभिन दवाव दिदै आएका छन् ।