काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई करातेका संस्थापक मध्येका एक राखेपका पूर्व सदस्य–सचिव युवराज लामालगायत करातेकर्मीले सोमबार बधाइ दिएका छन् ।
सदस्य–सचिवकै कार्यकक्षमा पूर्व सदस्य–सचिव लामासहित करातेका संस्थापक थानेश्वर राई, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, सागका विभिन्न संस्करणका स्वर्ण विजेता दीपक श्रेष्ठ, कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, विप्लवलाल श्रेष्ठलगायतले सदस्य–सचिव घिसिङलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै बधाइ दिए ।
गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई राखेपको सदस्य सचिव नियुक्त गरेको थियो।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले घिसिङलाई सदस्य सचिवको निर्णय गरेको हो ।