काठमाडौं । महिला स्वास्थ्य इन्टर हस्पिटल फुटसल च्याम्पियनसिपको उपाधि सुमेरु हस्पिटलले जितेको छ ।
धनवन्तरी फुटसल मैदानमा शुक्रबार भएको फाइनलमा सुमेरुले मध्यपुर हस्पिटललाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसँगै सुमेरुले ३० हजार नगद प्राप्त गर्यो ।
उपविजेतामा सिमित भएको मध्यपुरले २० हजार प्राप्त गर्यो ।
लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा उपत्यकाका २१ हस्पिटलको सहभागिता रहेको थियो ।
सुमेरुले अल्का हस्पिटल तथा मध्यपुरले विनायक हस्पिटललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।