अन्तर्राष्ट्रिय रेस्लिङ भोलि
शुक्रबार, १७ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ खेलाडीको सहभागिता रहने आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।
नेपालबाट १०, भारत र पाकिस्तानबाट समान २–२ तथा अमेरिकाबाट १ रेस्लर सहभागी हुने छन् । एकदिने प्रतियोगिताका खेलहरु भृकुटिमण्डपमा खेलाइने छ ।
अन्तर्राष्ट्रिय रेस्लिङ भोलि







-1767006224106.jpeg&w=3840&q=75)







