काठमाडौं । केटीएम सिटीले खेलाडीलाई लक्षित गरेर विशेष ज्याकेट ल्याउने भएको छ ।
जाडो मौसम सुरु भएसँगै केटीएम सिटीले खेलाडीलाई लक्षित गरेर विशेष खालको ज्याकेट बजारमा ल्याउन लागेको जनाएको छ ।
खेलाडीलाई लक्षित गरेर ल्याउन लागिएको ज्याकेट सर्वसाधारणका लागि समेत उपलब्ध हुने केटीएम सिटीले जनाएको छ ।
राष्ट्रिय फुटबल टिमले आधिकारिक किट पार्टनर रहेको केटीएम सिटीले घरेलु फुटबलको ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पालाई समेत प्रायोजन गरेको छ ।
केटीएम सिटीका अप्रेसन हेड रिन्चेन शेर्पाले जाडो र खेलाडीलाई लक्षित गरेर विन्टर एक्सट्रिम ज्याकेट बजारमा ल्याउन लागिएको खेलपाटीलाई बताए ।
उनले तीन हप्तामा सो ज्याकेट सर्वसाधारणका लागि बजारमा उपलब्ध हुने बताए ।
‘खेलाडीलाई लक्षित गरेर ल्याउन लागिएको विशेष ज्याकेट सर्वसाधारणले समेत शुपथ मुल्यमा प्राप्त गर्नेछन् ।’ शेर्पाले भने ।
नेपालमै उत्पादन हुने ब्राण्डको रुपमा परिचित केटीएम सिटीलाई शेर्पा आउटडोरले सञ्चालन गर्दै आएको छ ।
राष्ट्रिय फुटबल टिमलाई वार्षिक डेढ करोड रुपैयाँको प्रायोजन गरेको केटीएम सिटीले हिमालयन शेर्पा र मनाङलाई वार्षिक ६० लाख रुपैयाँ बराबरको किट प्रयोजनको रुपमा उपलब्ध गराउँदै आएको छ ।
केटीएम सिटीले काठमाडौंको दरबारमार्गमै एन्फाकै सोरुम समेत सञ्चालनमा ल्याएको छ । एन्फा सोरुममा फुटबल प्रशंसक, समर्थक र सर्वसाधारणले सुपथ मुल्यमा राष्ट्रिय फुटबल टिमको जर्सी, ट्रयाक सहितका खेलकुद सामाग्री किन्न सक्नेछन् ।