काठमाडौं । अन्तराष्ट्रिय मोटरसाईकल फेडेरेसन (फिम)को वार्षिक साधारण सभा तथा अवार्ड समारोह फ्रान्समा सुरु भएको छ ।
साधारण सभामा लाग लिन नेपाल अटोमोबाईल एसोसिएसन (नासा नेपाल)का प्रमुख सल्लाहकार गोबिन्द भट्टराई मोनाको पुगेका छन् ।
सोमबार राखेपका नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले भट्टराईलाई बिदाई गरेका थिए ।
मंगलबारबाट सुरु हुने साधारण सभा डिसेम्बर ५ सम्म चल्नेछ ।
प्रत्येक वर्षको नोभेम्बर र डिसेम्बरमा हुने फिमको साधारण सभा दुई वर्षको अन्तरालमा हुन लागेको हो ।
सन् २०१९ को नोभेम्बरमा समेत मोनाकोमै साधारण सभा भएको थियो ।
फेडेरेसनले मोटरसाईकल स्पोर्टस, बियोण्ड स्पोर्टस र मोटरसाईकल फाउण्डेसन गरी तीन वटा कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।
साधारण सभासँगै विभिन्न फोरमहरु समेत सञ्चालन हुने र नेपालकोतर्फबाट ‘टू ह्विल टुरिङ इन नेपाल’को विषयमा भट्टराईले प्रस्तुती दिने कार्यतालिका रहेको छ ।
जसलाई फिम र नेपाल पर्यटन बोर्डको सहयोगमा नासा नेपालले नेतृत्व गरिरहेको छ ।
साधारण सभाको दौरानमा फिमले कोभिड–१९ को दौरानमा समेत आफ्ना सदस्य परिचालन गरेको तथा राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमै विभिन्न कार्यक्रमको नेतृत्व÷संयोजक गरेकोमा फिम सोलिडारिटी ट्रफी नासा नेपाललाई प्रदान गर्ने भट्टराईले खेलपाटीलाई बताए ।
स्विटजरल्याण्डको जेनेभामा प्रधान कार्यालय रहेको फिममा हाल १ सय १८ सदस्य संघ छन् । नासा नेपालले सकृय राष्ट्रिय महासंघको रुपमा काम गर्दै आएको छ ।
नेपाल माउण्टेन स्पोर्टस फेडेरेसनका अध्यक्ष समेत रहेका भट्टराईले विश्व पावरवोट फेडेरेसनको कार्यालयको भ्रमण गर्नुका साथै महासचिव लगायतका पदाधिकारीसँग नेपालमा वाटर स्पोर्टसको सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ ।