काठमाडौं । डाक्टर अच्यूतम लामिछानेले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि दर्खास्त दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सूचना जारी गर्दै राखेपको सदस्य सचिवका लागि ७ दिने खुल्ला दर्खास्त आह्वान गरेको थियो ।
सोही अनुरुप आफ्नो योग्यता पुगेको भन्दै दरखस्त दिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले जानकारी गराए ।
लामिछानेले राखेपको नेपाल खेल विज्ञान एकेडेमीमा ५ वर्ष खेल विज्ञको रुपमा कार्य गरेका छन् ।
साथै उनले १३ औ दक्षिण एसियाली खेल प्रतियोगितामा राष्ट्रिय टिम तयारीको सदस्यको रुपमा काम गरेका थिए ।
तेक्वान्दोका चौथो डान रहेका लामिछाने अन्तर्राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय रेफ्री समेत हुन् ।
दक्षिण कोरियाको योङग इन विश्वविद्यालयबाट विधावारीधी गरेका लामिछानेले देश तथा विदेशबाट विभिन्न विषयमा तालिम समेत हासिल गरेका छन् ।