काठमाडौं । बिसीसीआईले १५ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट २०२२ को अप्रिल २ तारिखबाट सुरु गर्ने तयारी गरेको छ ।
बिसीसीआईले खेल तालिका तयार नभएपनि सम्बन्धित सरोकारवालाहरुलाई अप्रिल २ तारिखबाटै प्रतियोगिता सुरु हुने आन्तरिक रुपमा जानकारी गराएको छ ।
यस अघि प्रतियोगितामा ८ टिमको सहभागिता हुने भएपनि १५ औ संस्करणबाट भने १० टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको फाइनल जुन ४ वा ५ तारिखमा हुनेछ ।
यस अघिका संस्करणको लिग चरणमा ६० खेल हुने भएपनि यस पटक भने ७४ खेल हुनेछन् ।
प्रत्येक टोलीले होम एण्ड अवेका हिसावले १४ लिगका खेल खेल्दै आएका थिए ।
चेन्नई सुपर किंग्स डिफेन्डिङ च्याम्पियन भएको हुनाले उदघाटन खेल चेपकमा हुने अनुमान गरिएपनि यसको निर्णय भने भएको छैन ।
बिसीसीआईले भने आईपिएलका सबै खेल भने भारतमै हुने सुनिश्चित गरिसकेको छ ।