आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

खुला व्यायामशाला संचालनमा

मंगलबार, ०७ मंसिर २०७८खेलपाटी संवाददाता
खुला व्यायामशाला संचालनमा
Loading ad...
mustang rice ad

काठमाडौं ।  डिभी एजुकेशनले देशको विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ।

शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना महामारीमा विशेष गरि शारीरिक व्यायाम मार्फत युवामा थोरै भएपनि सकारात्मक सोंच र उत्साह थप्न खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको जानकारी दिए।

‘कोरोना महामारीले विश्वनै आक्रान्त थियो, त्यसको प्रभाव हाम्रो देशमा पनि थियो, महामारीकै कारण यूवामा मानसिक समस्या समेत देखिन थालेको थियो, हामीलाई लाग्यो यस्तो अवस्थामा व्यायाम मार्फत यूवालाई व्यस्त राख्न सकिन्छ’ शाहले भने, ‘जसले शारीरिक र मानसिक दुबै कुरामा राहत मिल्छ, यही सोंचका साथ हामीले कोरोना महामारीकैबीचमा गत वर्षको नोभेम्बर महिनामा खुला शारीरिक व्यायामशाला संचालन गर्यौं ।’

डिभी एजुकेशनले नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) सँगको समन्वयमा काठमाडौंको टोखा, नक्साल, पोखरा, चितवन र विराटनगरमा पनि खुला शारीरिक व्यायामशाला संचालनमा ल्याएको उनले बताए । उनले छिट्टै थप पाँच ठाउँमा सेवा विस्तार गर्ने जानकारी दिए।

व्यायामशाला हाम्रो शरिरको प्राथना गर्ने ठाउँ (मन्दिर) हो भन्ने मान्यताका साथ संचालन गरिएको यो अभियानलाई ‘प्रोजेक्ट टेम्पल’ नाम दिइएको छ। यूवाहरू स्वस्थ भए परिवार, समुदाय स्वस्थ रहन्छ र समग्रमा देश नै स्वस्थ रहन्छ भन्ने सोंचका साथ सुरु गरिएको यो अभियानले ‘ह्याप्पी एण्ड हेल्दी कम्युनिटी’ को अवधारणामा काम गरिरहेको उनको भनाइ छ।

यो अभियानको उद्धेश्य सरकारको खुल्ला व्यायामशाला बनाउने नीतिमा निजी क्षेत्रको सहभागिता मार्फत सेवा दिनुपनि रहेको उनको भनाइ छ। 

कार्यक्रममा नेपाली युथ फिटनेस एन्ड क्यालिस्थेनिक्स् (एनवाईएफसी) का संस्थापक अध्यक्ष सुकदेव कार्कीले आफूहरूले सन् २०१९ मार्च देखि निशुल्क व्यायाम प्रशिक्षण र व्यायामशाला संचालनको अभियान अगाडि बढाउँदै आएकोमा डिभी एजुकेशनले सामाजिक उत्तरदायित्व पुरा गर्दै जोडिन आउँदा धेरै सहयोग पुगेको बताए ।

उनले डिभीसँगको सहकार्य सहित आफूहरूले देशभर १३ ठाउँमा व्यायामशाला संचालन गरेको र ति ठाउँमा आफ्ना स्वयमसेवक मार्फत निशुल्क प्रशिक्षण दिँदै आएको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’