काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत भुटानले नेपाललाई ६२ रनेको लक्ष्य दिएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भुटानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ६१ रन जोड्यो ।
भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडे ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् । सिताले चार ओभर बलिङ गर्दै १० रन खर्चेकी थिइन् ।
करुणा भण्डारीले एक विकेट लिइन् ।
नेपाल पहिलो खेलमा सोमबार हङकङविरुद्ध ६ विकेटले पराजित भएको थियो । नेपालका लागि आजको खेल जित्नै पर्ने दवाव छ ।
भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो ।
छनोटमा ६ टिम सहभागी भएपनि केवल एक टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
नेपालले आफ्नो तेस्रो खेल बिहीबार कुवेतविरुद्ध खेल्नेछ भने चौथो खेल मलेसियाविरुद्ध शुक्रबार खेल्नेछ ।
नेपालले राउन्ड रोविनको अन्तिम खेल युएईविरुद्ध आइतबार खेल्नेछ ।