काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपाली महिला क्रिकेट टोलीले भुटानविरुद्ध बलिङ गर्ने भएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।
यस अघि पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दवाव छ ।
भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो ।
छनोटमा ६ टिम सहभागी भएपनि केवल एक टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
नेपालले आफ्नो तेस्रो खेल बिहीबार कुवेतविरुद्ध खेल्नेछ भने चौथो खेल मलेसियाविरुद्ध शुक्रबार खेल्नेछ ।
नेपालले राउन्ड रोविनको अन्तिम खेल युएईविरुद्ध आइतबार खेल्नेछ ।