काठमाडौं । प्रथम उपत्यका ब्यापी कराँते प्रतियोगितामा नरहरीपुर डोजोले टिम च्याम्पियनको उपाधि जितेको छ ।
मच्छेगाँउको नरहरीपुर डोजाले ६ स्वर्ण ३ रजत र ८ काँस्य जित्दै च्याम्पियन बनेको हो । दोश्रो स्थान हात पारेको इचङ्गु नारायण डोजोले ५ स्वर्ण,२ रजत र ४ काँस्य जित्न सफल भयो । त्यस्तै भक्तपुरको युनिटि डोजोले ३ स्वर्ण जित्दै तेश्रो स्थान हात पारेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगरपालिका वाडा १ को आयोजनामा संचालन भएको २ दिने प्रतियोगितामा इचङ्गु नारायण डोजोकी सोनाम शेर्पा महिलातर्फको उत्कृष्ट खेलाडी चुनिईन् । उनले २५ केजी केजी तौल समूहमा स्वर्ण जितेकी थिईन् ।
त्यस्तै पुरुषतर्फ ३० केजी तौलसमूहमा स्वर्ण जितेका बेसिक लनिङ स्कुलका राजेन्द्र राई उत्कृष्ट खेलाडी चुनिए । बिजेता खेलाडीलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका एवंम् जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले पुरस्कृत गरेका छन् ।
प्रतियोगिता समापन समारोहको अवसरमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा चन्द्रागिरी नगरपालिकाका पदक बिजेता खेलाडीलाई एकेडेमीका अध्यक्ष श्रेष्ठले सम्मान गरेका थिए । सम्मानित हुने खेलाडीमा मलोसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय मेयर कप कराँते प्रतियोगितामा स्वर्ण बिजेता रबिन्द्र मानन्धर रहेका छन् ।
त्यस्तै जापनमा सम्पन्न भएको सौजावुदो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा दोहोरो स्वर्ण जितेका राधा मानन्धर र रोजिना बिष्ट तथा भारतमा सम्पन्न दक्षिण एशियाली कराँते च्याम्पियनशिपमा काँस्य जितेका सोनिम मानन्धर सम्मानित भएका आयोजकले जानकारी गराएका छन्