काठमाडौं । त्रिभुवन आर्मी क्लबले केडिया ग्रुपसँग चारवर्षको सम्झौता गरेको छ ।
सम्झौतासँगै केडिया ग्रुप आर्मीको मुख्य प्रायोजक बन्ने पक्का भएको छ ।
केडिया ग्रुपसँग बार्षिक ४० लाखको सम्झौता भएको टिम व्यवस्थापक चुन थापाले जानकारी गराए ।
‘सम्झौता चार बर्षको हो । वार्षिक ४० लाख दिने गरी सम्झौता भएको हो । वार्षिक रुपमा रकम वृद्धि हुन्छ वा हुदैन अहिले त्यो भन्न सकिदैन,’ थापाले भने ।
आर्मी मंसिर ३ गतेबाट सुरु हुन लागेको ए डिभिजन फुटबल लिगमा सहभागि हुदैछ ।
र लिग नजिकै आइसकेपछि मुख्य प्रायोजकसँग सम्झौता गरेको हो ।
थापाका अनुसार सम्झौता केवल लिगका लागि मात्र नभएर बार्षिक रुपमै भएको हो ।
थापाले सम्झौताबारे थप जानकारी शुक्रबार हुने पत्रकार सम्मेलनमार्फत गराईने बताए ।
लिग अन्तर्गत आर्मीले आफ्नो पहिलो खेल आगामी सोमबार नेपाल पुलिस क्बलसँग खेल्नेछ ।