काठमाडौं । इग्ल्यान्डका मार्कस स्मिथले शनिबार अष्ट्रेलियाविरुद्ध हुने रग्बी खेलमा फ्लाई–हाफमा सुरुवात गर्ने भएका छन् ।
इंग्ल्यान्डले बिहिबार टोली घोषणा गरेपछि स्मिथलाई उक्त स्थानमा मौका दिइएको हो ।
२२ वर्षीय स्मिथले जुलाईमा इंग्ल्यान्डका लागि अमेरिका र क्यानाडाविरुद्ध खेलेका थिए ।
फ्लाई–हाफमा सुरुवात गर्ने भएपछि कप्तान ओवन फारेललाई इन्साईड सेन्टरमा सारिएको छ ।
एडम राडवानले टोलीमा समावेश नहुने भएपछि सेन्टरबाट खेल्ने मानु टुइलागीलाई विङमा स्थानमा दिईएको छ ।
यता अन्तर्राष्ट्रिय खेल नखेलेका राफि क्वीर्क र वेभन रोडलाई बेन्चमा हुनेछन् ।
इंग्ल्यान्डको टिममा स्टेवार्ड, टुइलागी, स्लेड, फरेल, मे, स्मिथ, योङ्ग, जेङग, जर्ज, सिङकलर, इटोजे, हिल, लावेस, अन्डरहिल र करी रहेका छन् ।