काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव बद्रीनाथ श्रेष्ठको निधन भएको १३ औं दिनको पुण्यतिथिमा राखेपले बिहीबार श्रद्धाञ्जली सभा आयोजना गर्यो ।
राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सम्पन्न श्रेष्ठ, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्व. श्रेष्ठको तस्वीरमा पुष्पगुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
७५ वर्षीय स्व. श्रेष्ठ २०५३ सालमा राखेप सदस्य–सचिव थिए ।