पोखरा । कास्की जिल्लामा पौडी खेलको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्ने उद्धेश्यले विगत ८ बर्ष देखि आयोजना गर्दै आईरहेको २.५ कि.मि.को ओपन वाटर पौडी प्रतियोगिता शुक्रबार हुने भएको छ ।
फेवातालस्थित तालबाराहीमा हुने प्रतियोगितामा ओलम्पियन खेलाडी शिरिष गुरुङ्ग लगायतको उपस्थिती रहने भएको छ । प्रतियोगितामा नेपाली सहित बिदेशी खेलाडीहरुको पनि सहभागिता रहने कास्की जिल्ला पौडी संघले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुने खेलाडीले पुरुष तर्फ नगद २५ हजार, दोश्रोले नगद १५ हजार र तेश्रो हुनेले १० हजार तथा महिला तर्फ १५, १० र ५ हजार प्राप्त गर्ने छन् ।
कास्की जिल्लाका खेलाडीहरुका लागि छुट्टै पुरस्कार राशीको ब्यवस्था गरिएको छ । जसमा पहिलोले ८ हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार रहेको छ ।