काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले आफ्नो यूवा तथा महिला सम्बन्धि रणनिति सार्वजनिक गरेको छ ।
नेपालमा विगत १२ वर्ष देखि मोटर÷मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र रोड सेफ्टीको क्षेत्रमा कार्यरत यस संघले लामो छलफल र अध्ययन पश्चात यस रणनीति सार्वजनिक गरेको हो ।
एफाईएको यूवा नितिलाई आधार मानेर तयार गरिएको नासा नेपालको यूवा नीतिमा यूवा क्लब तथा ग्रुप निर्माण गर्ने, कार्यक्रमहरुमा २० प्रतिशत यूवाको ग्यारेन्टी, यूवाका एजेन्डालाई योजना र कार्यक्रममा समावेश गर्ने र उमेर समूहमा आधारित कार्यक्रम संचालन गर्ने रहेको छ ।
त्यस्तै संगठनका कमिटीमा यूवाको सकृय सहभागिता, स्कुल र कलेज आधारित कार्यक्रमहरु, शिप सम्बन्धि तालिम र शिक्षा, बालिका र विशेष क्षेत्र आधारित कार्ययोजना रहेको छ ।
नासा नेपालले खेल संघ र अटोमोवाइल्स संघसंस्था मध्ये यूवा निति सार्वजनिक गर्ने पहिलो भएको दाबी गरेको छ ।
निति सार्वजनिकसँगै संघले ५ सदस्सीय यूवा टिम समेत तयार गरेको छ ।