देवराज सुवेदी
सिन्धुपाल्चोक । विश्वको नवौं अग्लो स्थानमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता हुने भएको छ ।
वाग्मती प्रदेश खेलकूद विकास परिषद् र पाँचपोखरी खेलकूद विकास समितिद्वारा संयुक्त रुपमा आयोजना पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन् लागेको हो ।
पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, ड्रुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी,च्योच्यो डाँडाको प्रर्वद्धन गर्ने लक्ष्य रहेको गाउँपालिका खेल बिभाग प्रमुख टासी शेर्पाले जानकारी दिए ।
‘यहाँ रहेका पर्यटकीय क्षेत्रहरुको सम्भावनाको खोजी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य अनुरुप प्रतियोगिता राखेका छौं’ उनले भने ।
यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए । यो वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पपर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पु¥याउने विश्वास रहेको अध्यक्ष शेर्पाको भनाई छ ।
पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो । पहिले प्रतियोगिता आयोजना गरेपनि गएको वर्ष कोभिडका कारण स्थगित गरिएको गाउँपालिकाले जनाएको छ । जनैपूर्णिमाको दिन लाग्ने पाँचपोखरी मेलाको अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको हो । प्रतियोगिता कात्तिक २७ गते सञ्चालन हुनेछ ।
सो म्याराथनमा एक सय ५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी धावकहरुमध्येबाट खुल्ला तर्फ उत्कृष्ट दशभित्र पर्न सफल, सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीहरु मध्येबाट उत्कृष्ट पाँच भित्र पर्न सफल र भेट्रान तर्फ उत्कृष्ट तीन भित्र पर्न सफल सहभागीलाई नगद सहित मेडल उपलब्ध गराइनेछ ।
सो म्याराथनमा सहभागी हुन चाहनेहरुले दर्ता शुल्क वापत खुल्ला तर्फ तीन हजनार पाँच सय, सिन्धुपाल्चोकवासीका लागि दुई हजार पाँच सय र विदेशीहरुको लागि असी डलर तोकिएको छ ।