पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगको दोस्रो क्वालिफायर खेल आज बिहीबार हुँदैछ ।
पोखराको बहूदेशीय कभर्डहलमा हुने खेलमा संखमुल फुटसल र द राइजिङ क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
संखमुल र राइजिङ धरान आज जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछन् । यस खेलको विजेताले उपाधिका लागि स्पोर्ट्स क्यासल पोखरासँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा राइजिङलाई हराएर स्पोर्ट्स क्यासल उपाधि नजिक पुगिसकेको छ । राइजिङले भने फाइनल प्रवेशको लागि पुन: एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो ।
संखमुलले एलिमिनेटरमा सबिन मेमोरियल एफसीलाई हराएर क्वालिफायरमा राइजिङसँगको भेट पक्का गरेको हो ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ।