पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा संखमुल फुटसलले फराकिलो जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार संखमुलले झरना स्पोर्ट्स क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
संखमुलको जितमा जेनिस प्रजापतिले ह्याट्रिक पूरा गरे ।
यस्तै क्रिजल खड्का, अरुज सिंह, सबिन खड्का र युजेश श्रेष्ठले एक एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच संखमुलका जेनिस चुनिए ।
जितसँगै संखमुल ८ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
झरनाको यो लगातार आठौं हार हो । पुछारको झरनाले अंक जोड्न सकेको छैन ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।