काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौड्ने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौड्दै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौड्न लागेका हुन् ।
कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।
गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौड्न लागेका हुन् ।
नले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन् । सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।
नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं÷दोलखा, काठमाडौं÷सिन्धुली, काठमाडौं÷पोखरा, काठमाडौं÷लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।