पोखरा । धरानको द राइजिङ क्लबले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा शनिबार भएको खेलमा राइजिङले लुम्बिनी फुटसललाई ६-५ गोल अन्तरले पराजित गरेको हो ।
राइजिङको जितमा बिकु तामाङ, सुदिप गुरुङ, मिलन राई, दोर्जी तामाङ, रेवस मास्के र हेमन्त थापा मगरले एक एक गोल गरे ।
लुम्बिनीका हेमन्त गुरुङ, राफी महर्जन, सुजन थापा, रुपेन बराइली र देभासिस शर्माले एक एक गोल गरे ।
खेलमा राइजिङका रेवस मास्के म्यान अफ दि म्याच चुनिए ।
जितसँगै दोस्रो स्थानमा उक्लिएको राइजिङले ८ खेलमा १६ अंक जोडेको छ ।
लुम्बिनी ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।