पोखरा । प्रभातफेरी युथ क्लबले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा पुनरागमन जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा शुक्रबार भएको खेलमा प्रभातफेरीले पुनरागमन गर्दै झरना स्पोर्ट्स क्लबलाई ७-३ गोल अन्तरले पराजित गरेको हो ।
सुरुवाती तीन गोलको अग्रता उल्टाएर प्रभातफेरीले जित निकालेको हो ।
प्रभातफेरीलाई जित दिलाउन सिजन गुरुङले दुई गोल गरे । अखिलेश कार्की, श्रीजेश पुरी, सन्तलाल गुरुङ, नविन लामा र धिरज जोशीले एक एक गोल गरे ।
झरनाका प्रेम छन्त्याल र जितेश गुरुङले एक एक गोल गरे । प्रभातफेरीका श्रीजेश पुरीले एक आत्मघाती गोल गरे ।
खेलमा प्रभातफेरीका नविन लामा प्लेयर अफ दि म्याच चुनिए ।
जितसँगै आठौं स्थानको प्रभातफेरीले ७ खेलमा ७ अंक जोडेको छ ।
झरनाको यो लगातार सातौं हार हो ।
अर्को खेलमा संखमुल फुटसल र मछिन्द्र स्काई गोल्सले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
संखमुलका क्रिजल खड्का र सुसन श्रेष्ठले एक एक गोल गरे ।
स्काई गोल्सका आशिष सुनाम र मिसन लामाले एक एक गोल गरे ।
संखमुल १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
स्काई गोल्स १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।