पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा फुटसल फाइभ धरानले रोमान्चक जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा बिहीबार भएको खेलमा फुटसल फाइभले द राइजिङ क्लब धरानलाई ७-५ गोल अन्तरले हराएको हो ।
धरान डर्बीको रुपमा रहेको प्रतिस्पर्धा सुरुवाती गोलको अग्रता उल्टाएर फुटसल फाइभले जित निकालेको हो ।
फुटसल फाइभको जितमा सरोज तामाङले ह्याट्रिक गोल गरे । यस्तै विजय श्रेष्ठले २ तथा रंजित गुरुङ र प्रवेश जोशीले एक एक गोल गरे ।
द राइजिङका सुदिप गुरुङले दुई गोल गरे । मिलन राई, हेमन्त थापा मगर र दोर्जी गुरुङले एक एक गोल गरे ।
खेलमा फुटसल फाइभका सरोज म्यान अफ दि म्याच चुनिए ।
यस जितसँगै फुटसल फाइभ तेस्रो स्थानमा उक्लिएको छ ।
फुटसल फाइभले ७ खेलमा १४ अंक जोडेको छ ।
राइजिङ १३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
जारी लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।