काठमाडौं । कोरोना भाइरसविरुद्धको पूर्ण खोप नलाएका खेलाडीले सब २०२२ को विन्टर ओलम्पिक तथा पारालिम्किका लागि बेइजिङ आएपछि २१ दिनको क्वारेन्टिन बस्नुपर्ने भएको छ ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिले पूर्ण खोप नलगाएकोलाई २१ दिनको क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको हो ।
पूर्ण खोप लगाएका खेलाडीहरु भने बेइजिङ आइसकेपछि 'क्लोज्ड-लुप म्यानेजमेन्ट सिस्टम' मा प्रवेश गर्नेछन् । साथै खोप नलगाउनका लागि छुट भएकाहरुको भने चिकित्सकद्धारा प्रमाणिकरणका आधारमा विचार गरिनेछ ।
विन्टर ओलम्पिक आगामी वर्ष फेब्रुअरी तथा पारालिम्कि मार्चमा हुनेछ ।
आयोजकका अनुसार खेलको टिकट विशेष गरी चीनको भूमिमा बसोबास गर्ने दर्शकहरुलाई बेचिनेछ र उनीहरुले कोरोना भाईरस प्रतिरोधी उपायहरुलाई पूरा गरेको हुनुपर्नेछ ।
खोप लगाएका खेलाडीहरुलाई खेलसम्बन्धि स्थलहरुमा प्रशिक्षण, प्रतियोगिता तथा कामका लागि जान पाउनेछन् ।
खेलका लागि 'क्लोज्ड-लुप म्यानेजमेन्ट सिस्टम' मा रहेकाहरुको दैनिक परिक्षण गरिनेछ ।
टोकियोमा यसै वर्ष भएको टोकियो ओलम्पिकका प्रतिस्पर्धीहरुको दिनहुँ परिक्षण गरिनुका साथै आगमन पश्चात तीन दिनको क्वारेन्टिनमा राखिएको थियो ।