पोखरा । संखमुल फुटसलले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा लुम्बिनी फुटसललाई पराजित गरेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार भएको खेलमा संखमुलले लुम्बिनीलाई ३-२ गोल अन्तरले हराएको हो ।
संखमुलको जितमा विवेक पण्डित, क्रिजल खड्का र सागर थिङले एक एक गोल गरे ।
लुम्बिनीका रुपन बराइली र राफी महर्जनले एक एक गोल गरे ।
खेलमा संखमुलका सुशन श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
यस जितसँगै संखमुल शीर्ष स्थानमा उक्लिएको छ ।
संखमुलले ६ खेलमा १४ अंक जोडेको छ ।
लुम्बिनी ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानाम रहेको छ ।
जारी लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।