काठमाडौं । पन्चकन्या स्कुलकी निशा गुरुङ्ग सोतोकान कराते (एसकेडियुएन्)को बेल्ट टेष्टमा पहिलो स्थान हात पार्न सफल भएकी छिन् । दोश्रो स्थानमा निशेष गुरुङ्ग र तेश्रो स्थानमा मनिष बोगटी रहे ।
नेपाल सोतोकान कराते (एसकेडियुएन् ) को आयोजनामा चुनदेवीस्थित पंचकन्या स्कुलका सोतोकान करोते खेलाडीहरुको मंगलबार बेल्ट टेष्ट गरिएको थियो । उक्त टेष्टमा १४ प्रशिक्षाथी खेलाडीहरुले ओरेन्ज बेल्ट प्राप्त गरेका थिए ।
यस्तै संघले बुढानिलकण्ठस्थित आफ्नै डाजोमा गरेको ब्लाक बेल्ट परिक्षामा ५ जनाले ब्लाक बेल्ट परिक्षा पास गर्न सफल भएको नेपाल सोतोकान कराते संघका महासचिव तथा प्रशिक्षक गोविन्द श्रेष्ठले जनाएका छन् ।
बेल्ट टेष्ट परिक्षा नेपाल सोतोकान कराते (एसकेडियुएन)का अध्यक्ष एवं प्रमुख प्रशिक्षक धिर्जेमान तामाङ्ग, महासचिव एवं प्रशिक्षक गोविन्द श्रेष्ठ र प्रशिक्षक रुपेश कँुवरले लिएका थिए ।