काठमाडौं । कुस्तीको विश्व च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ ।
नर्वेमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
च्याम्पियनसिप अक्टोबर २ देखि १० सम्म आयोजना हुनेछ ।
नेपालले पहिलो पटक कुस्तीको विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो ।
विश्व च्याम्पियनसिपमा नेपालका सुमिर कुमार साह, सुरेश चुनारा र साहिल अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।
सुमिरले ९७ केजी तौल र सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गर्ने छन् भने साहिलको तौल समूह तय भएको छैन ।
नेपालमा आयोजना भएको १३ औं सागमा सुमिर र सुरेशले कास्य पदक जितेका थिए ।
नेपाली टोलीको मुख्य प्रशिक्षमा धर्म राज यादव रहेका छन् ।
च्याम्पियनसिपका लागि नेपाली टोलीले गत भदौबाट राजधानीमा विशेष तयारी गरेको संघका अध्यक्ष राज मोहमद अन्सारीले जानकारी गराए ।
उनले नेपाली टोलीले पदक जितेर स्वदेश फर्कने विश्वास समेत व्यक्त गरे ।
कुस्ती टोलीलाई बुधबार नेपाल कुस्ती संघले बिदाइ गरेको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, संघका अध्यक्ष राज मोहमद अन्सारी, संघका उपाध्यक्ष तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी लगायतले बिदाइ गरे ।