पोखरा । धरानको द राइजिङ क्लबले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा ढुकु फुटसल हबलाई पराजित गरेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार भएको खेलमा राइजिङले ढुकुलाई ५-३ गोल अन्तरले हराएको हो ।
राइजिङको जितमा मिलन राईले दुई गोल गरे । हेमन्त थापा मगर, सुदिप गुरुङ र विवेक राईले एक एक गोल गरे ।
ढुकुका अमित लामा, प्रसिद्ध मगर र अभय रानाले एक एक गोल फर्काए ।
खेलमा राइजिङका बिकु तामाङ म्यान अफ दि म्याच चुनिए ।
यस जितसँगै राइजिङले ६ खेलमा १३ अंक जोडेको छ ।
दोस्रो स्थानमा उक्लिएको राइजिङले शीर्ष स्थानको स्पोर्ट्स क्यासलसँग अंक बराबरी समेत गरेको छ ।
ढुकु ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।