पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरान र सबिन मेमोरियल एफसी पोखराले बराबरी खेलेका छन् ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको रोमान्चक खेलमा राइजिङ र सबिनले ५-५ गोलको बराबरी खेलेको हो ।
राइजिङका लागि सुदिप गुरुङले ह्याट्रिक पूरा गरे । हेमन्त थापा मगरले दुई गोल गरे ।
सबिन मेमोरियलको लागि अविनाश तामाङ र मनिस क्षेत्रीले २/२ गोल गरे । सुनिल बिकेले एक गोल गरे ।
खेलमा राइजिङका गोलकिपर सचिन श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
यस बराबरीसँगै राइजिङले ५ खेलमा १० अंक जोडेको छ । राइजिङ लिगको तेस्रो स्थानमा रहेको छ ।
सबिन मेमोरियल १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।