पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा सहभागी क्लब र रेफ्रीबीच सहमति बनेको छ ।
एन्फाको फुटसल समितिले सहमतिका लागि आइतबार डाकेको बैठकमा क्लब र रेफ्रीबीच सहमति बनेको हो ।
लिगमा सहभागिता जनाएका १० क्लबले रेफ्रीको निर्णयविरुद्ध आयोजक कमिटिलाई ज्ञापनपत्र बुझाएपछि फुटसल कमिटिले समस्या समाधानको लागि बैठक बोलाएको हो ।
फुटसल समितिका प्रमुख विनोद गुरुङ, रेफ्री इन्स्ट्रक्टर सुरज सायमी र सहभागी क्लबका प्रशिक्षकबीच सहमति बनेको हो ।
सहमति अनुसार खेललाइ पूर्ण रुपमा 'ल अफ गेम' अनुरुप नै खेलाउने र आउने खेलहरुमा कुनै गम्भीर त्रुटी भएमा दोषीलाई कारबाही गरिने सहमति भएको हो ।
सहमतिसँगै लिग अन्तर्गत पाँचौं चरणको खेलहरु आजबाट सुरु हुनेछ ।
लिगमा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।