पोखरा । संखमुल फुटसल काठमाडौंले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा पहिलो जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार प्रभातफेरी युथ क्लबलाई ७-४ गोल अन्तरले पराजित गर्दै संखमुलले पहिको जित निकालेको हो ।
संखमुलको जितमा जेनिस प्रजापतिले ह्याट्रिक पूरा गरे । यस्तै मणि लामाले दुई गोल गर्दा अनिश श्रेष्ठ र सुसन श्रेष्ठले एक एक गोल गरे ।
प्रभातफेरीका सृजन पुरी र धिरज जोशीले २/२ गोल गरे ।
खेलमा संखमुलका मणि लामा प्लेयर अफ दि म्याच चुनिए ।
यस जितसँगै संखमुलले ३ खेलमा ५ अंक जोडेको छ ।
अघिल्लो दुई खेलमा संखमुलले बराबरी खेलेको थियो ।
प्रभातफेरिको यो तेस्रो हार हो ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।