काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा हुने राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको तयारी पूरा भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।
फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिसेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने छ ।
सहभागीको खाना र बसोवासको प्रबन्ध संघले व्यवस्था गरेको आयोजकले जनाएको छ ।