पोखरा । धरानको द राइजिङ क्लबले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा लगातार तेस्रो जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा बुधबार झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ५-३ गोल अन्तरले पराजित गर्दै राइजिङले अपराजित यात्रा कायम राखेको हो ।
राइजिङको जितमा मिलन राईले दुई गोल गरे । रेवोस मास्के, बिकु तामाङ र मिलन लिम्बुले एक एक गोल गरे ।
झरनाका मोहन बहादुर थापा मगर, ओम प्रकाश थापा र विवेक थापाले एक एक गोल गरे ।
राइजिङका रेवोस मास्के प्लेयर अफ दि म्याच चुनिए ।
यस जितसँगै राइजिङले ३ खेलमा ९ अंक जोडेको छ । राइजिङ शीर्ष स्थानमा रहेको छ ।
यस अघि राइजिङले प्रभातफेरी युथ क्लब र स्काई गोल काठमाडौंलाई हराएको थियो।
झरनाको यो लगातार तेस्रो हार हो । झरनाले अंक जोड्न सकेको छैन ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।