काठमाडौं । लर्ड बुद्ध र बिग थ्रीले पाँचौं साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । लर्ड बुद्ध ब्वाइज र बिग थ्री गल्र्समा च्याम्पियन बने ।
साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा लर्ड बुद्धले ग्रेट मायालाई १५–१४ ले पराजित ग¥यो । लर्ड बुद्धको जितमा पवन खत्रीले ५ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा बिग थ्रीले लुम्बिनीलाई १७–१२ ले हरायो । विजयी टिमका लागि संगीता फुयालले १५ अंक जोडिन् । ब्वाइज र गल्र्सको फाइनलमा पराजित दुवै टोली डिफेन्डिङ च्याम्पियन हुन् ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय पवन र संगीता ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । दुवैले साइपालमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए ।
विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतानले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा ४८ र गल्र्समा २४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।