पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा स्पोर्ट्स क्यासल पोखरा र संखमुल फुटसल काठमाडौंले बराबरी खेल्दै अंक बाडेका छन् ।
पोखराको बहूदेशीय कभर्डहलमा मंगलबार स्पोर्ट्स क्यासल र संखमुलले २-२ गोलको बराबरी खेलेको हो ।
स्पोर्ट्स क्यासलका लागि अन्जन देवकोटा र भिसन गुरुङले एक एक गोल गरे ।
संखमुलका विवेक पण्डितले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो। स्पोर्ट्सका किशोर गुरुङले आत्मघाती गोल गरेका थिए ।
खेलमा स्पोर्ट्सका भिसन म्यान अफ दि म्याच चुनिए ।
स्पोर्ट्स क्यासलले पहिलो खेलमा प्रभातफेरी युथ क्लबलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।
संखमुलले फुटसल फाइभ धरानसँग ३-३ गोलको बराबरी खेलेको थियो ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।