पोखरा । स्काई गोल्स काठमाडौंले राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा पहिलो जित निकालेको छ ।
पोखराको बहूदेशीय कभर्डहलमा सोमबार झरना स्पोर्ट्स क्लबलाई ८-० गोल अन्तरले पराजित गर्दै स्काईले पहिलो जित निकालेको हो ।
स्काईको जितमा निर्मल गुरुङ र प्रकाश महत्राले दुई दुई गोल गरे ।
अनिल खड्का, अनिश सुनाम, सन्जोग चाम्लिङ र रोशन अधिकारीले एक एक गोल गरे ।
यस अघि पहिलो खेलमा स्काई धरानको द राइजिङ क्लबसँग पराजित भएको थियो ।
यस जितसँगै स्काईले २ खेलमा ३ अंक जोडेको छ ।
झरनाको यो लगातार दोस्रो हार हो ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।