पोखरा । राष्ट्रिय 'ए' डिभिजन फुटसल लिगमा फुटसल फाइभ धरान र संखमुल फुटसल काठमाडौंले बराबरी खेल्दै अंक बाडेका छन् ।
पोखराको बहूदेशीय कभर्डहलमा आइतबार भएको खेलमा फुटसल फाइभ र संखमुलले ३-३ गोलको बराबरी खेलेको हो ।
फुटसल फाइभका प्रवेश जोशी, विजय श्रेष्ठ र सरोज तामाङले एक एक गोल गरे ।
संखमुलका सुशान श्रेष्ठ, क्रिजल खड्का र लक्ष्मण थापा मगरले एक एक गोल गरे।
खेलमा संखमुलका क्रिजल म्यान अफ दि म्याच चुनिए ।
लिगमा १० टिमको सहभागिता रहेको छ ।
फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ ।
एन्फाले यस प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ।
उक्त टोलीले एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता खेल्ने छन् ।