वडा १० र ४ लाई उपाधि
शनिबार, ०२ आश्विन २०७८खेलपाटी संवाददाता
फाइल तस्बिर
काठमाडौं । वडा १० को ‘ए’ टिम र वडा ४ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।
पुरुषमा वडा १० र वडा ४ महिलाको उपाधि जितेको हो ।
कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा वडा १० ले वडा ८ लाई ८३–७१ ले पराजित गर्यो ।
कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ४९–३१ ले हरायो ।
विजयी टिमका लागि मुना महर्जनले २३ अंक जोडिन् ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, आयोजक संघका अध्यक्ष विकु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।











-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)

