पलेशा सम्मानित
बिहिबार, भदौ ३१, २०७८खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय तेक्वान्दो खेलाडीहरुको समूहले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई बिहीबार नगदसहित सम्मान गरे ।
गोल्फुटारमा भएको कार्यक्रममा पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्र प्रदानद्वारा सम्मान गरिएको थियो ।
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य, रञ्जन श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता सक्षम कार्कीलगायतले उनीहरुलाई सम्मान गरे ।














-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)