सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

पूर्वाधार बिना कसरी उभोँ लाग्ने ?

बिहिबार, ३१ भाद्र २०७८खेलपाटी संवाददाता
पूर्वाधार बिना कसरी उभोँ लाग्ने ?
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले आफुहरुका लागि खेलकुद पूर्वाधारको अभाव भएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा खेलाडीहरुले पूर्वाधारको अभावका कारण आफुहरुले नियमित प्रशिक्षण गर्न नपाएको गुनासो गरे ।

राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठले खेलकुद पूर्वाधार नहुँदा आफुहरुले अभ्यास गर्न नपाएको गुनासो गरिन् ।

‘१३ औं सागमा महिला बास्केटबल टिमले ऐतिहासिक रजत पदक जित्यो । तर आफ्नै देशमा भएको प्रतियोगितामा एक दिनपनि आफ्नै कोर्टमा अभ्यास गर्न पाएनौं ।’ उनले भनिन्, ‘पूर्वाधारनै नभएपछि खेलाडी कसरी उभोँ लाग्ने ?’

उनले काठमाडौंको त्रिपुरेश्वरमा भएको एउटा कभर्डहलले सबै खेललाई सम्भव नहुने समेत धारणा राखिन् । एउटै कभर्ड हल सबै खेलका लागि प्रयोग गर्न सम्भव नहुने उनको भनाई थियो ।

‘एउटा कभर्डले सबै खेलले हुदैन । यो उचित पनि हुदैन ।’ उनले भनिन् ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐनको नियमावलीका सन्दर्भमा अन्तरक्रिया गर्न बिहीबार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई बोलाएको थियो । तर खेलाडीको चिन्ता खेलकुद पूर्वाधारमा देखियो ।

उनीहरुले खेलाडीको मुख्य समस्या खेलकुद पुर्वाधारनै रहेको उल्लेख गर्दै आफुहरुले नियमित अभ्यास समेत गर्न नपाएको गुनासो गरेका थिए । खेलाडीले नियमित रुपमा अभ्यास गर्न वातावरण पाउनुपर्ने खेलाडीको माग थियो ।

सागकी अर्की स्वर्णधारी खेलाडी सन्तोषी श्रेष्ठले भएको पूर्वाधारको समेत आफुहरुले प्रयोग गर्न नपाएको भन्दै गुनासो गरिन् ।

‘रंगशालाको ट्रयाक एथलेटिक्स खेलाडीले उपयोग गर्न पाइरहेका छैनन् । पूर्वाधार नहुनु एउटा कुरा हो तर भएको कुरा प्रयोग गर्न पाएको छैन ।’ उनले भनिन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दशरथ रंगशालाको ट्रयाकमा खेलाडीलाई निषेध गरेको छ । यसअघि दैनिक रुपमा प्रशिक्षण गर्दै आएका खेलाडीलाई संघको अनुमती, परिचय पत्र लगायत कागजात आवश्यक पर्ने भन्दै खेलाडीलाई रंगशाला प्रवेशमा रोक लगाइएको छ ।

श्रेष्ठले खेलाडीलाई पूर्वाधारकै अभाव भएपनि उपलब्ध स्रोत साधान समेत राम्रोसंग सदुपयोग गर्न नपाएको गुनसो गरिन् ।

‘अभाव पूर्वाधारकै हो । एउटा मात्र रंगशाला छ । त्यही रंगशाला पनि प्रयोग गर्न पाएका छैनौं ।’ उनले भनिन् ।

राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनका लागि मन्त्रालयले गठन गरेको समितिले नियमावली निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको छ । नियमावली निर्माणको काम सकेर समितिले अहिले विभिन्न सरोकारवाला निकायसंग अन्तिम सुझाव लिने काम गरिरहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

टमाटासहित ५ जना राखेपको सदस्य मनोनीत

Bajaj Pulsar Motorcycle Ad
मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

क्वार्टरफाइनमा  एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी

क्वार्टरफाइनमा एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी