काठमाडौं । नेपालका रेगन श्रेष्ठ (अंकितमान श्रेष्ठ) एसियन स्कुनर च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
कतारको दोहामा जारी एसियन स्कुनर च्याम्पियनसिपमा घरेलु खेलाडी मोहम्मद अल बिनारीलाई हराएर नकआउट चरणमा स्थान बनाएका थिए ।
रोमान्चक खेलमा उनले बिनारीमाथि ७५-७४ को फ्रेममा जित निकालेका थिए ।
तर, रेगन अन्तिम-१६ मा भने अमिर सरखोससँग पराजित भए । एसियन च्याम्पियनसिपमा रेगनको पहिलो सहभागिता हो ।
रेगन बाहिरिएसँगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ ।
च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका निर्मल बोगटी भने पहिलो चरणबाटै बाहिरिएका थिए ।