एजेन्सी । बेलायतकी १८ वर्षिया एम्मा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।
कुनैपनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि उचालेकी हुन् ।
उनले बेलायतको पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जित्ने प्रतिक्षालाई पूरा गरिन् ।
उनले फाइनलमा १९ वर्षिया क्यानेडियन खेलाडी लेला फर्नान्डेजमाथि ६–४ र ६–३ को सेटमा जित निकालिन् ।
सन् १९७७ मा भर्जिनिया वेडले अन्तिम पटक बेलायतका लागि विम्बल्डनको उपाधि जितेकी थिईन् ।
‘यो भर्जिनिया वेड र टिम हेममेनका लागि धेरै अर्थपूर्ण छ ।’ राडुकानुले भनिन् ।
‘उनीहरु ब्रिटिस आइकन हुन् र उनीहरुको पाइला पछ्याउँदा मलाई विश्वास भयो कि म यो गर्न सक्छु ।’ उनले थपिन् ।
उनले उपाधिसंगै १ दशमलव ८ मिलियन पाउण्ड पुरस्कार प्राप्त गरिन् । उनले विश्व वरीयतामा २३ स्थान फड्को मारिन् । र उनी बेलायकी सबैभन्दा शीर्ष वरियताकी खेलाडी बनिन् ।