काठमाडौं । नेपाल र बंगलादेश राष्ट्रिय महिला फुटबल टिमबीचको मैत्रीपूर्ण फुटबलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडिया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डिस मिडिया अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे ।
सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ ।
जसमा विज्ञापनबाट प्राप्त रकम डिस होम एक्सन स्पोर्ट्स र एन्फाले ५०÷५० प्रतिशत बाँड्नेछन् ।
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण आज बिहीबार दशरथ रंगशालामा हुनेछ । जुन खेल एक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।