काठमाडौं । सञ्चालनको अन्तिम तयारीमा रहेको ललितपुरको च्यासल रंगशालामा खोला पसेको छ ।
आईतबार राति परेको अविरल वर्षाका कारण बागमती खोला च्यासल रंगशालामा पसेको हो ।
खोला पसेपछि च्यासल मैदानमा पानी जमेको छ । मिनी रंगशालाको रुपमा हेरिएको च्यासललाई उपत्यका भित्र दशरथ रंगशालाको वैकल्पिक मैदानको रुपमा समेत हेरिएको छ ।
तर यस वर्षको बाढी रंगशालाभित्र पसेपछि च्यासल मैदानको भविष्य अनिश्चित देखिएको छ ।
च्यासल रंगशाला नेपाल सरकार र फिफाको संयुक्त लगानीमा बनेको परियोजना हो ।
वृहत बागमती परियोजना अन्तर्गत पर्ने भएकाले च्यासल रंगशाला निर्माणको सुरुवातमा विवाद समेत भएको थियो । नक्सा पास सहित वातावरणीय मुल्याङ्गकन समेत नगरेर रंगशाला निर्माण गरिएको भन्दै बागमती परियोजनाले आपत्ती जनाउँदै आएको छ ।
बागमती खेलालाई मिचेर रंगशाला बनेको भन्दै परियोजनाले वृहत परियोजना कार्यान्वयनको क्रममा रंगशालाको आधा भाग भत्काउनुपर्ने चेतावनी दिदै आएको छ ।
आवश्यक मापदण्ड पुरा नगरी संरचना तयार गर्दा रंगशालाको भविष्यमात्र खतरामा छैन, वैदेशिक लगानी र राज्यको ढुकुटीको समेत दुरुपयोग भएको छ ।
वातावरणीय मुल्याङ्गकन सहित मापदण्ड पुरा नगरि संरचना बन्दा च्यासलको मैदानमा खोला पसेको हो ।