काठमाडौं। टोकियो पारालिम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानमा नगदसहित सम्मानित भएकी छन् ।
एनआरएन जापानअन्तर्गतको कान्तो समितिले आयोजना गरेको कार्यक्रममा पलेशालाई २ लाख ५० हजार नगदसहित सम्मान गरिएको नेपाली पारालिम्पिक टोलीका व्यवस्थापक दीपक विष्टले जनाएका छन् ।
सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, व्यवस्थापक विष्टलाई ४० हजार र पारा तेक्वान्दो समितिलाई ५० हजार नगदसहित सम्मान गरिएको थियो ।
कान्तो समिति, विभिन्न संघ संस्था, तेक्वान्दोका पूर्व खेलाडीलगायतले संयुक्त रुपमा पारा तेक्वान्दोकर्मीहरुलाई सम्मान गरेको बताइएको छ ।