काठमाडौं । टोकियो पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट बन्चित भएकी छिन् ।
तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहको रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कसे पदक जित्नबाट बन्चित भएकी हुन् ।
शुक्रबार भएको रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग १२-९ ले पराजित भईन् ।
चिनियाँ खेलाडीलाई हराएको भए पलेशाले ऐतिहासिक पदक प्राप्त गर्ने थिइन् ।
नेपालले हालसम्म पारालिम्पिकमा पदक जित्न सकेको छैन।
पलेशा पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित भएकी थिइन् ।
तर, पलेशाले रिपिचेजको माध्यमबाट कास्य पदकको लागि मौका पाएकी थिइन् ।
रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०-० ले हराएकी थिइन्।
त्यसपछि पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई २३-१५ ले हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् ।
पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पारालिम्पिकमा सहभागिता जनाएकी हुन् ।
पारालिम्पिकमा सहभागिता जनाउन नेपालबाट १ खेलाडीसहित ६ सदस्यीय टोली टोकियोमा छन् ।