एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत पुरुष बास्केटबलको स्वर्ण पदक अमेरिकाले जितेको छ ।
साइटामा एरिनामा शनिबार फ्रान्सलाई ८७-८२ अंकले पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो ।
प्रतिस्पर्धात्मक बनेको फाइनलको पहिलो क्वार्टरमा अमेरिकाले २२-१८ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टरमा २२-२१, तेस्रोमा २७-२४ को अग्रता बनाएको अमेरिका अन्तिम क्वार्टरमा भने १९-१६ ले पछि परेको थियो ।
यससँगै अमेरिकाले लगातार चौंथो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ ।
अमेरिकाले यस अघि सन् २००८ को बेइजिङ ओलम्पिक, २०१२ को लण्डन ओलम्पिक र २०१६ को रियो ओलम्पिकमा स्वर्ण जितेको थियो ।