बिहिबार, ०७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

टोकियो ओलम्पिकमा नेपाल

मंगलबार, ०५ श्रावण २०७८खेलपाटी संवाददाता
टोकियो ओलम्पिकमा नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं । टोकियो ओलम्पिक २०२० शुक्रबारबाट सुरु हुदैछ । विश्वका झण्डै २ सय ६ राष्ट्रले खेल्ने ओलम्पिकलाई विश्व खेलकुदको कुम्भ मेला मानिन्छ ।

सन् १९६४ मा टेकियोमै भएको ओलम्पिकबाट नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । सहभागिताको आधा शताब्दी पार गरेपनि ओलम्पिकमा नेपालको सहभागिता ‘सहभागिता’मै सिमित छ ।

तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन् । बाँकी नेपालको सहभागिता वाइल्ड कार्ड र युनिभर्सालिटी कोटामै सिमित छ ।

टोकियो ओलम्पिक २०२० गत वर्षनै हुनुपर्ने थियो । तर विश्वमा महामारीको रुपमा फैलिएको कोभिडका कारण गत वर्ष प्रतियोगिता हुन सकेन । एक वर्ष सर्यो । जापान सरकार आयोजनामा दृढ रहदै निकै कडाई र दुखका साथ प्रतियोगिताको आयोजना गर्दैछ । नेपालबाट समेत चार खेलमा पाँच खेलाडीले टोकियो ओलम्पिकमा सहभागिता जनाउनेछन् ।

हुन त खेलकुदले अनुशासन सिकाउछ, तर नेपाली खेलकुदको चरित्र कहिल्यै अनुशासित र जवाफदेही देखिएन । ओलम्पिक र विवाद पर्यायवाची जस्तै रहे ।

यस पटक समेत विगतनै नियती दोहरियो । एथलेटिक्सका गोपीचन्द्र पार्की अन्तिम समयमा आएर प्रतियोगिता खेल्न बञ्चित रहे । सतहमा विभिन्न कारण प्रस्तुत गरेपनि भित्री रुपमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघ बीचको खराब सम्बन्धका कारण एक खेलाडीको सपनामाथि कुठाराघात भयो । छानविन गर्नुपर्ने अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) घटनाको साक्षी बस्यो । खेलाडीको पीडा÷समस्या बोल्नुपर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघले एक विज्ञप्ति जारी गरेर आफ्नो धर्म पूरा गर्यो ।

यसअघि जस्तै ओलम्पिकका पदाधिकारी विभिन्न खेलको म्यानेजर भएर जापान उडे । आफ्नो संघबाट कार्यक्रम चलाउन नसक्ने तर अर्को संघको खेलाडीको म्यानेजर बनेर ओलम्पिक घुम्न पदाधिकारीले लाज मानेनन् ।

जे होस टोकियो ओलम्पिकमा ४ खेल स्पर्धामा ५ खेलाडीले चुनौती पेश गर्नेछन् । तर सबै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुग्न लागेका हुन् । एथलेटिक्स र पौडीमा अनिवार्य युनिभर्सालिटी कोटा आउने गर्छ । जुडो र सुटिङ वाइल्ड कार्ड पाउने भाग्यमानी खेल बन्यो ।

खेलकुद नीतिनै नभएको मुलुकले ओलम्पिकमा पदक जित्ने सम्भावनाको हास्यास्पदक भविष्यवाणी सायद बान्छनीय हुदैन होला ।

तर जे जति ओलम्पिक खेल्न पुगेका छन्, सबै खेलाडीको लक्ष्य प्रर्दशनमा सुधार गर्नुनै हुनेछ ।

एथलेटिक्स :

ट्रयाक एण्ड रोडमा नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछिन् । उनले सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनी युनिभर्सालिटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेकी हुन् ।

सुरुवातमा नेपालले गोपीचन्द्र पार्कीको नाम ओलम्पिकमा सिफारिस गरेको थियो । तर अन्तिम समयमा लिस्टमा नाम दर्ता नभएको भन्दै गोपीलाई बाहिर राखियो र सरस्वतीको नाम सिफारिस गरियो ।

जुडो :

वाइल्ड कार्डको साहारामा जुडोकी सोनिया भट्टले ओलम्पिक खेल्दैछिन् । अन्तराष्ट्रिय जुडो महासंघले वरीयताका आधारमा सोनियालाई ओलम्पिकको टिकट दिएको हो । सोनियाले ४८ किलोमा चुनौती प्रस्तुत गर्नेछिन् । १९ वर्षकी सोनिया नेपालको जुडोकी भविष्य मानिन्छन् । तर, पूरा समय टिकेर खेल्नुनै उनको मुख्य उद्धेश्य हो । 

सुटिङ :

सुटिङकी कल्पना परियार नेपालबाट टोकियो ओलम्पिक खेल्ने अर्की भाग्यमानी खेलाडी हुन् । उनले वुमन्स १० मिटर एयर राईफलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकको टिकट काटेकी हुन् ।

स्विमिङ :

पौडीमा नेपालबाट गौरिका सिंह र एलेकजेन्डर शाहले प्रतिनिधित्व गर्नेछन् । दुवै युनिभर्सालिटी कोटाबाट ओलम्पिक पुगेका हुन् । एलेकजेन्डर साहले मेन्स सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् भने गौरिका सिंहले वुमन सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । सामान्यतया पौडीबाट दुई खेलाडीको कोटा देशले प्राप्त गर्नेछन् । त्यसमा एलेक्जेन्डर र गौरिका परेका हुन् । अघिल्लो संस्करणमा ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी गौरिकाले ओलम्पिकमा प्रर्दशन सुधारको अपेक्षा गरेकी छिन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा